मधेशमा कांग्रेसको ‘यूटर्न’, एमाले ‘हेरेको हेर्‍यै’

हिमाल प्रेस २३ कार्तिक २०८२ १८:५६
58
SHARES
मधेशमा कांग्रेसको ‘यूटर्न’, एमाले ‘हेरेको हेर्‍यै’

काठमाडौँ- मधेश प्रदेशमा नेपाली कांग्रेसले ‘यूटर्न’ लिँदा प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमाले सत्ताबाहिर बस्ने अवस्थामा पुगेको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसलगायतका सबै दलले गठबन्धन बनाएपछि एमाले सत्ताबाहिर रहने अवस्थामा पुगेको हो।

प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसले जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका दलहरूले नयाँ गठबन्धन बनाएका हुन्।

नयाँ बनेको सातदलीय गठबन्धनले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई भेटेर संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको छ।

एमालेबाहेकका दलहरूको गठबन्धनले प्रदेश प्रमुखलाई भेटेर धारा १६८ (२) बमोजिम सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको कांग्रेसका प्रदेशसभा सदस्य शेषनारायण यादवले जानकारी दिए।

यसअघि कांग्रेस र एमालेले सरकार बनाउने भने पनि अन्तिम समयमा जनमत पार्टीले साथ नदिँदा २९ असोजमा लोसपाका नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनेको थियो।

तर, विश्वासको मत प्राप्त नगर्ने आधार नदेखेपछि सोनलले शनिबार पदबाट राजीनामा दिएका थिए। सोनलको राजीनामापछि मधेश प्रदेशमा नयाँ सरकार गठनको अभ्यास सुरू भएको हो। सोनलले शुक्रबार साँझै राजीनामा दिए पनि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छैनन्।

प्रकाशित: २३ कार्तिक २०८२ १८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast