संयुक्त राष्ट्रसंघ दिवसमा सेनाको विशेष कार्यक्रम

हिमाल प्रेस २० कार्तिक २०८२ १८:१५
12
SHARES
संयुक्त राष्ट्रसंघ दिवसमा सेनाको विशेष कार्यक्रम

काठमाडौँ- नेपाली सेनाले संयुक्त राष्ट्रसंघको स्थापना दिवस विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। काभ्रेपलाञ्चोकस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रमा बिहीबार सेनाले राष्ट्र संघको ८०औँ स्थापना दिवस मनाएको हो।

कार्यक्रममा सेनाले शान्ति स्थापनार्थ आपतकालीन अवस्थामा उद्धार, पुनःस्थापना, सुरक्षित स्थानान्तरण, प्राथमिक उपचारजस्ता विषयमा प्रस्तुतीकरण गरेको थियो।

संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५८ बाट शान्ति सैनिक खटाउँदै आएको नेपाल, शान्ति सैनिक पठाउने राष्ट्रहरुको सूचीमा पहिलो रहनुका साथै महिला सैनिक खटाउने राष्ट्रमासमेत पहिलो स्थानमा छ।

संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत हाल विश्वका विभिन्न १० वटा मिसनमा नेपाली सेनाका पाँच हजार आठ सय १९ जना शान्ति सैनिकहरु कार्यरत छन्। विश्व शान्ति स्थापनाको सिलसिलामा हालसम्म नेपाली सेनाका ७४ जना सैनिकहरुले वीरगति प्राप्त गरेका छन् भने ७५ जना सैनिहरु घाइते भएका छन्।

कार्यक्रममा प्रधानसेनापति, रक्षा सचिव, वलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधिहरु, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरु, मित्रराष्ट्रहरुका सैनिक सहचारीहरु, सञ्चारकर्मीहरु लगायत नेपाली सेनाका रथिवृन्द, अधिकृत, पखिक तथा अन्यदर्जाको उपस्थिति रहेको थियो।

प्रकाशित: २० कार्तिक २०८२ १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast