‘शिक्षक आन्दोलनको इतिहास’ पुस्तक लेख्दै अध्यक्ष सुवेदी, आन्दोलनका तस्बिर पठाउन आह्वान

हिमाल प्रेस १८ कार्तिक २०८२ ११:०२
150
SHARES
‘शिक्षक आन्दोलनको इतिहास’ पुस्तक लेख्दै अध्यक्ष सुवेदी, आन्दोलनका तस्बिर पठाउन आह्वान लक्ष्मीकिशोर सुवेदी, अध्यक्ष नेपाल शिक्षक महासंघ।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ‘शिक्षक आन्दोलनको इतिहास’ शीर्षकको पुस्तक लेखन अन्तिम चरणमा पुगेको जानकारी गराएका छन्।

२०३६ सालदेखि अहिलेसम्म भएका सबै आन्दोलन, सहमति र उपलब्धिहरूलाई समेटिएको उक्त पुस्तकमा शिक्षक आन्दोलनका विभिन्न चरणका सामूहिक तस्बिरहरू समेत समावेश गरिने सुवेदीले बताएका छन्।

आन्दोलनसँग सम्बन्धित तस्बिरहरू भए फेसबुक मेसेन्जर वा ह्वाट्सअपमार्फत आफूलाई पठाउन सुवेदीले आग्रह गरेका छन्। पुस्तकका लागि छनोट भएका तस्बिरहरू प्रयोग गर्दा तस्बिर पठाउनेको नाम ‘सौजन्य’ का रूपमा उल्लेख गरिने उनले बताए।

सुवेदीले एक/दुई जना मात्र भएका तस्बिरहरू पुस्तकमा राख्न सम्भव नभएकाले धेरै जना सहभागी भएको विशेष घटना झल्काउने तस्बिर मात्र पठाउन अनुरोध गरेका छन्।

तस्बिर पठाउनेले आफ्नो नाम र उक्त तस्बिर कुन समय र कुन घटनासँग सम्बन्धित हो भनी उल्लेख गर्न पनि उनले आग्रह गरेका छन्।

प्रकाशित: १८ कार्तिक २०८२ ११:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast