विराटनगरमा ११८ दशमलव ६ मिलिमिटर वर्षा

हिमाल प्रेस १४ कार्तिक २०८२ १९:२२ | Friday, October 31, 2025
12
SHARES
विराटनगरमा ११८ दशमलव ६ मिलिमिटर वर्षा फाइल तस्बिर

विराटनगर– सन् २०२१ पछि पहिलोपटक कोशी प्रदेशमा कात्तिकमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको कार्यालय सुनसरी धरानले जनाएको छ।

कार्यालयबाट प्राप्त जानकारीअनुसार शुक्रबार बिहान ८ः४५ बजे गरिएको वर्षाको मापनमा विराटनगरमा ११८ दशमलव ६ मिलिमिटर पानी परेको छ।

त्यही समयमा धनकुटामा ५५, ओखलढुंगामा ७१, धरानमा ८८ दशमलव २, ताप्लेजुङमा ५२ दशमलव ८, झापाको अनारमनीमा १४९ दशमलव २, झापाकै शश्चिरेमा १४९ दशमलव २ र दमकमा ५२ दशमलव ८ मिलिमिटर पानी परेको कार्यालयका मौसमविद् बाबुराम मिश्रले जानकारी दिए।

उनले मोरङको सुन्दरहरैचामा २४ घण्टाको अवधिमा २४८ मिलिमिटर पानी परेको बताउँदै यो प्रदेशमा सबैभन्दा बढी पानी परेको तथ्याङ्क रहेको उल्लेख गरे।

उनले १४९ मिलिमिटर पानी पर्दा चेतावनीको तह पार हुने भएकाले सो क्षेत्रका नदी आसपास क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षित स्थानतर्फ बस्न र आवश्यक सचेतना अपनाउन आग्रह गरे।

सन् २०२१ को अक्टोबरमा विराटनगरमा ३२३ मिलिमिटर पानी परेको थियो। कार्यालयका अनुसार कोशी प्रदेशमा वर्षाको सम्भावना अझै टरेको छैन।

प्रकाशित: १४ कार्तिक २०८२ १९:२२ | Friday, October 31, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast