नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

हिमाल प्रेस १३ कार्तिक २०८२ १५:०८
6
SHARES
नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

काठमाडौँ- आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको आइतबार जारी खेलमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले निर्धारित पूरै ओभर खेल्दै सबै विकेट गुमाउँदै २३३ रन जोडेको हो। नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले १०९ रन बनाए। रोहितले १२६ बलमा पाँच चौका र दुई छक्काको मद्दतले शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तर्राष्ट्रियमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले पपुवान्युगिनीविरुद्ध शतक प्रहार गरेका थिए।

त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रन बनाए। अन्यले दोहोरो अंक बनाउन सकेनन्। यूएईका लागि जाहिद अलीले ४, जुनैद सिद्दिकीले ३, मोहम्मद रोहिद र हैदर ओलीले समान एक–एक विकेट लिएका थिए।

आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा दुवै एसियाली टोली नेपाल र यूएईले अमेरिकासँग हार बेहोरिसकेका छन्। नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले हार बेहोरेको थियो।

नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेका छन्। नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ। १७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ।

समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ।

प्रकाशित: १३ कार्तिक २०८२ १५:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast