सावित्रा र प्रीति बिनै भारतविरुद्ध मैदान उत्रदै नेपाल

हिमाल प्रेस १२ कार्तिक २०८२ ७:२९ | Wednesday, October 29, 2025
सावित्रा र प्रीति बिनै भारतविरुद्ध मैदान उत्रदै नेपाल

काठमाडौँ- नेपाल र भारतबीचको महिला अन्तर्राष्ट्रिय फुटबल खेल आज हुने भएको छ। यसअघि खेल बिहीबार हुने तय भएको थियो। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार बुधबार हुने खेल अनौपचारिक रहने छ।

यी दुई टिमले गत सोमबार फिफा विन्डो अन्तर्गत भारतकै सिलोङमा भिडन्त गरेको थियो। सावित्रा भण्डारी ‘साम्बा’ को दुई गोलको सहयोगमा नेपालले सो खेलमा भारतलाई २–१ ले स्तब्ध बनाएको थियो।

भारतविरुद्ध आज हुने खेलमा भने साम्बाको उपस्थित हुनुहुने छैन। उनीसहित अन्य दुई प्रमुख खेलाडी गोलकिपर एन्जिला तुम्बापो सुब्बा र मिडफिल्डर प्रीति राई पनि सो खेलमा खेल्नु हुने छैन।

व्यावसायिक फुटबल खेल्न कप्तान साम्बा अस्ट्रेलिया फर्किसकेकी छन्। यसै गरी अल इत्तिहाद क्लबमा आबद्ध प्रीति जोर्डन र निस अट्रोमिटोउबाट खेल्न एन्जिला ग्रिस प्रस्थान गरिन्।

प्रकाशित: १२ कार्तिक २०८२ ७:२९ | Wednesday, October 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast