नेदरल्यान्ड्सका ओपनर ओ डाउड कर्णाली याक्समा

हिमाल प्रेस ११ कार्तिक २०८२ ७:३५ | Tuesday, October 28, 2025
नेदरल्यान्ड्सका ओपनर ओ डाउड कर्णाली याक्समा

काठमाडौँ- कर्णाली याक्स स्पोट्स प्रालिले नेदरल्यान्ड्सका ओपनिङ ब्याटर म्याक्स्वेल प्याट्रिक ओ डाउडलाई अनुबन्ध गरेको छ ।

कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनका लागि डाउडलाई अनुबन्ध गरेको जानकारी दिए। यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ।

‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन्। त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ।’

कर्णालीले बासिष्टोसँग सम्झौता नवीकरण गरेको‌ थियो। वाट र डाउडले भने पहिलो पटक एनपिएल खेल्नेछन्। ३१ वर्षीय डाउडले नेदरल्यान्ड्सबाट ८७ टी २० आई खेल खेलिसकेका छन् । जसमा १ शतक‌ र १६ अधशतकसहित उनले २ हजार ३ सय ९ रन बनाएका छन्।

कीर्तिपुरको मैदानमा उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै अविजित सर्वाधिक १ सय ३३ रन बनाएका थिए। उनले नेदरल्यान्ड्सको लागि ६५ ओडिआई खेलमा २ हजार १ सय ५३ रन बनाइसकेका छन्।

कर्णालीले दोस्रो सिजनको एनपीएलको लागि ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ। पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायर पुगेको थियो। कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ। टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन्।

कर्णाली याक्सले मार्की सोमपाल कामी हुन्। कर्णालीसहित ८ टोलीले मंसिर १ गते सुरु हुने एनपीएलमा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित: ११ कार्तिक २०८२ ७:३५ | Tuesday, October 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast