काठमाडौँ- महिला त्रिदेशीय अन्तर्राष्ट्रियमैत्री प्रतियोगितामा नेपालले भारतविरुद्ध जित निकालेको छ। सिलोङको जवहारलाल नेहरु रंगशालामा भएको खेलमा नेपालले २-१ गोलले भारतलाई पराजित गरेको हो।
नेपालका लागि दुवै गोल सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन्। खेलको दोस्रो मिनेटमै उनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन्। त्यसपछि दोस्रो हाफको ६३ औं मिनेटमा उनले फ्रिकिक मार्फत् गोल गरेकी थिइन्। भारतका लागि ८१औं मिनेटमा करिश्मा सिरभोइकरले गोल फर्काएकी थिइन्।
प्रतियोगिताको उपाधि भने यसअघि नै इरानले जितिसकेको छ। इरानले भारतलाई २-० र नेपाललाई ३-० ले पराजित गरेको थियो।
प्रकाशित: १० कार्तिक २०८२ २०:१९ | Monday, October 27, 2025
प्रतिक्रिया





