हसिनालाई मृत्यदण्डको सजाय दिन अन्तरिम सरकारको माग

हिमाल प्रेस ३१ असोज २०८२ १२:०९
8
SHARES
हसिनालाई मृत्यदण्डको सजाय दिन अन्तरिम सरकारको माग फाइल तस्बिरः रोयटर्स।

काठमाडौँ- बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड दिन माग गरेको छ। उनीमाथि गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शन रोक्न मानवताविरूद्ध अपराध गरेको आरोप लगाइएको छ।

बंगलादेशमा विद्यार्थीहरूले गरेको त्यो प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनका क्रममा सुरक्षाकर्मीको कारबाहीमा धेरै मानिसको ज्यान गएको थियो। हिंसाका कारण हसिना पदच्युत भई देश छोडेर भाग्नु परेको थियो। उनी अहिले भारतमा शरण लिएर बसिरहेकी छन्।

उनीविरूद्ध चलिरहेको मुद्दामा एक चुहिएको अडियो क्लिप सार्वजनिक भएको छ, जसमा उनले सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न निर्देशन दिएको सुनिएको दाबी गरिएको छ।

यद्यपि हसिनाले ती आरोपहरू अस्वीकार गरिसकेकी छन्।

गत वर्ष बंगलादेशमा भएको प्रदर्शनमा १४ सय मानिसको मृत्यु भएको थियो। यसलाई बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्रामपछिको सबैभन्दा ठूलो हिंसा मानिन्छ।

बंगलादेशका मुख्य सरकारी वकिल ताजुल इस्लाम भन्छन्,‘हसिनालाई १४ सय मृत्युदण्ड मिल्नु पथ्र्योँ। तर, मानवरूपमा यो सम्भव छैन, त्यसैले हामी कम्तीमा एकपटक मृत्युदण्डको माग गर्दछौँ।’

प्रकाशित: ३१ असोज २०८२ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast