शिक्षा र विज्ञान प्रविधि मन्त्रालय छुट्टाछुट्टै बनाउन छलफल सुरु : शिक्षामन्त्री पुन

हिमाल प्रेस ३० असोज २०८२ १०:२६ | Thursday, October 16, 2025
शिक्षा र विज्ञान प्रविधि मन्त्रालय छुट्टाछुट्टै बनाउन छलफल सुरु : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा.महावीर पुनले विज्ञान तथा प्रविधि मन्त्रालय छुट्टै बनाउने पहलबारे छलफल सुरु भएको जानकारी दिएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने र विज्ञान प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान लगायतका सम्पूर्ण कामहरू सोही मन्त्रालयमार्फत गर्न गराउने कुराको फाइदाबारे छलफल सुरु गरियो।’

पुनका अनुसार विज्ञान तथा प्रविधि क्षेत्रलाई बढी प्रभावकारी बनाउन छुट्टै मन्त्रालय गठनबारे प्रारम्भिक चरणको छलफल भइरहेको छ। यस कदमले अनुसन्धान, नवप्रवर्तन र प्रविधिक विकासलाई अझ सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको उनको भनाइ छ।

प्रकाशित: ३० असोज २०८२ १०:२६ | Thursday, October 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast