विपिनको रिहाइका लागि अथक प्रयास गरेको थिएँ, निधनको खबरले स्तब्ध भएँ : राष्ट्रपति

हिमाल प्रेस २८ असोज २०८२ १९:४७ | Tuesday, October 14, 2025
विपिनको रिहाइका लागि अथक प्रयास गरेको थिएँ, निधनको खबरले स्तब्ध भएँ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लर्न एण्ड अर्न कार्यक्रममा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको भन्ने खबरले आफू अत्यन्त मर्माहत भएको बताएका छन्।

उनले प्यालेस्टेनी समूह हमासको कब्जामा रहेका जोशीको रिहाइको लागि आफूलेसमेत पटकपटक अथक प्रयास गरेको स्मरण गर्दै अकस्मात जोशीको निधन भएको भन्ने खबरले आफू स्तब्ध भएको बताएका हुन्।

उनले जोशीप्रति श्रद्धाञ्जली प्रकट गर्दै दुःखको यस घडीमा शोकाकुल परिवारजन र सबै शुभेच्छुकप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: २८ असोज २०८२ १९:४७ | Tuesday, October 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast