यू १९ महिला बेल्ट एन्ड रोड सिरिज : नेपालले ९२ रनले हङकङलाई हरायो

हिमाल प्रेस १९ कार्तिक २०८३ १२:५३ | Thursday, November 5, 2026
यू १९ महिला बेल्ट एन्ड रोड सिरिज : नेपालले ९२ रनले हङकङलाई हरायो

काठमाडौँ- यू १९ महिला बेल्ट एन्ड रोड सिरिजअन्तर्गत बिहीबार भएको खेलमा नेपालले हङकङलाई पराजित गरेको छ। चीनको ताइचाङस्थित साक्सी टाउन क्रिकेट सेन्टरमा भएको खेलमा नेपाली महिला टोलीले हङकङलाई ९२ रनले पराजित गर्दै जित हासिल गरेको हो ।

नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हङकङ १८ ओभरमा सबै विकेट गुमाउँदै ५४ रनमै अलआउट भयो । हङकङका लागि वान तुङ सोले सर्वाधिक १२ रन बनाइन्। त्यस्तै, मान केइ लेउङले पनि १२ रन नै जोडिन्। नेपालकी मनिषा चौधरी र रचना चौधरीले समान तीन-तीन विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो। नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक ४४ रन बनाइन् ।

सवित्री धामीले चार चौकाको मद्दतमा ३६ रन बनाइन् । बलिङतर्फ हङकङकी स्टोर्म पार्करले तीन विकेट लिइन् । रासस

 

प्रकाशित: १९ कार्तिक २०८३ १२:५३ | Thursday, November 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast