शेरबहादुरजीलाई कार्यवाहक तोक्न भनेको छु : शशांक

हिमाल प्रेस २५ असोज २०८२ १६:३५ | Saturday, October 11, 2025
शेरबहादुरजीलाई कार्यवाहक तोक्न भनेको छु : शशांक

काठमाडौँ- नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई कार्यवाहक तोक्न सुझाव दिएका छन्। उनले पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने गरी कार्यवाहक सभापति तोक्न देउवालाई सुझाव दिएका हुन्।

‘मैैले त शेरबहादुरजीलाई भने–तपाईँ अब विघटन गर्नुस्, एक जनालाई कार्यवाहक सभापति तोक्नुस्,’ शनिबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने,‘उनले गठन गर्छ र उनले नै मिति तय गर्छ।’

नेता कोइरालाले आगामी मंसिरसम्म महाधिवेशन सम्पन्न गर्ने गरी मिति तोकिने उल्लेख गरे। उनले अब विशेष नभई नियमित महाधिवेशन नै हुने जिकिर गरेका छन्। ‘विशेष होइन अब नियमित महाधिवेशन गर्नुपर्छ। मलाई लाग्छ मंसिरसम्म महाधिवेशन गर्ने गरी मिति तोकिन्छ,’ उनले भने।

फरक प्रसंगमा कोइरालाले सरकारले घोषणा गरे अनुसार कांग्रेस चुनावमा जान तयार रहेको बताए।

‘लोकतन्त्रमा चुनावबाहेक अरू विकल्प छैन। लोकतान्त्रि पार्टी भएकोले कांग्रेस चुनावमा जान तयार छ,’ उनले भने,‘चुनाव त लड्नै पर्‍यो, यसमा सबैको सहमति छ। डेमोक्रेटिक पार्टी भएकाले चुनावलाई नकार्न सकिँदैन।’

नेकपा एमालेले भनिरहेको प्रतिनिधिसभा पुनः स्थापना कानुनी कुरा भएको उनले जिकिर गरे। उनले भने,‘ उहाँहरु पुनःस्थापना भन्नु हुन्छ, त्यो त कानुनी कुरा हो, कानुनले गर्छ भने ठीक छ होइन भने अरु बाटो पनि हुनुप¥यो नि। तर डेमोक्रेसीमा चुनावबाहेक अरु के विकल्प छ?’

शान्ति कायम गर्न चुनाव नै उत्तम विकल्प रहेको भन्दै उनले निष्पक्ष, स्वतन्त्र र धाँधलीरहीत चुनाव गराउन आफूहरूले सरकारलाई आग्रह गर्ने उल्लेख गरे।

प्रकाशित: २५ असोज २०८२ १६:३५ | Saturday, October 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast