मनसुन बाहिरिए पनि यी दुई प्रदेशमा वर्षाको सम्भावना

हिमाल प्रेस २० असोज २०८२ १७:५८
60
SHARES
मनसुन बाहिरिए पनि यी दुई प्रदेशमा वर्षाको सम्भावना प्रतीकात्मक तस्बिर।

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिमी भू-भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाले सोमबार मनसुन बाहिरिए पनि पश्चिमी वायूको प्रभावका कारण विशेष गरी सोमबार र मंगलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाका अनुसार हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको र ती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको छ।

ती प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातसमेत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी कृषि र पर्यटन क्षेत्रमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

विभागका अनुसार चार दिन ढिला गरेर नेपालबाट मनसुन बाहिरिन थालको छ। मनसुन सामान्यतया २ अक्टोबरमा बाहिरिने भए पनि चार दिनजस्तो ढिला गरी आजदेखि मात्रै बाहिरिन थालेको विभागले जनाएको छ।

‘यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानबाट बाहिरिएको छ,’ विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले प्रायः मनसुन बर्हिगमन हुने समयमा सक्रिय हुने गरेको जानकारी दिए। ‘सामान्यतया अक्टोबर २ मा मनसुन बाहिरिने गर्छ, तर कहिलेकाहीँ मनसुन लम्बिन पनि सक्छ। यो वर्ष सरदर मितिभन्दा केही ढिला गरी मनसुन बहिरगमन भएको छ,’ उनले भने।

प्रकाशित: २० असोज २०८२ १७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast