
तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन्। शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो।
मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आँबुखैरेनीमा करिब दुई÷तीन सय सवारीसाधन रोकिएका छन्।
वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे।
प्रकाशित: १८ असोज २०८२ १२:१९
प्रतिक्रिया