पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए

हिमाल प्रेस १८ असोज २०८२ १२:१९ | Saturday, October 4, 2025
पृथ्वी राजमार्गको आँबुखैरेनीमा सवारीसाधन रोकिए फाइल तस्बिर

तनहुँ– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन्। शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो।

मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला र मुग्लिन–काठमाडौँको जवाङ खोलामा पहिरोको जोखिम रहेकाले सवारीसाधन सुरक्षित ठाउँमा रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार आँबुखैरेनीमा करिब दुई÷तीन सय सवारीसाधन रोकिएका छन्।

वर्षा भइरहेकाले अनावश्यक यात्रा नगर्न उनले आग्रह गरे। वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा भने अहिलेसम्म अवरोध नरहेको कार्कीले उल्लेख गरे।

प्रकाशित: १८ असोज २०८२ १२:१९ | Saturday, October 4, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast