टीकाको तेस्रो दिन : नवदुर्गाको आशीर्वाद थाप्ने क्रम आज पनि जारी

हिमाल प्रेस १८ असोज २०८२ ६:३९
6
SHARES
टीकाको तेस्रो दिन : नवदुर्गाको आशीर्वाद थाप्ने क्रम आज पनि जारी

काठमाडौँ– आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।

दुर्गा देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र टीका–जमरा लगाउने र आशीर्वाद थाप्ने चलन छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमासम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ ।

प्रकाशित: १८ असोज २०८२ ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast