पहिलो खेलमा सानदार जित निकालेको नेपालले आज वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दै

हिमाल प्रेस १३ असोज २०८२ ६:१५ | Monday, September 29, 2025
पहिलो खेलमा सानदार जित निकालेको नेपालले आज वेस्ट इन्डिजसँग दोस्रो खेल खेल्दै

काठमाडौँ-वेस्ट इन्डिजसँगको ऐतिहासिक तीन खेलको टी २० आई सिरिजअन्तर्गत नेपाल आज सोमबार दोस्रो खेल खेल्दै छ।

यूएईको साहजाहस्थित सारजाह क्रिकेट रगंशालामा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे सुरु हुनेछ।

पहिलो खेलमा वेस्ट इन्डिजविरुद्ध १९ रनको कीर्तिमानी जित निकालेको नेपाली टोली लगातार दोस्रो जित हात पार्न चाहन्छ।

युनिटी कप नाममा भइरहेको सिरिजमा नेपाली टोली लगातार दोस्रो जित निकाल्दै इतिहास कायम गर्न चाहन्छ।

नेपाली टोलीले आजको खेलमा वेस्ट इन्डिजलाई पराजित गरे तीन खेलको सिरिज एक खेलअगावै आफ्नो पक्षमा पार्नेछ।

नेपाली क्रिकेट इतिहासमा राष्ट्रिय टोलीले पहिलो पटक पूर्ण टेस्ट मान्यता प्राप्त टोलीसँग प्रतिस्पर्धा गरेको हो।

उता पहिलो खेलमा नेपालसँग पराजित वेस्ट इन्डिज जित निकाल्दै तीन खेलको सिरिजमा १–१ को बराबरी गर्न चाहन्छ।

प्रकाशित: १३ असोज २०८२ ६:१५ | Monday, September 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast