केशरमहलबाट शिक्षा मन्त्रालयको सेवा सुरु

हिमाल प्रेस ६ असोज २०८२ १२:३४ | Monday, September 22, 2025
केशरमहलबाट शिक्षा मन्त्रालयको सेवा सुरु

काठमाडौँ- जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीहरूले सिंहदरबारभित्र रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा आगजनी गरेपछि भवन प्रयोग अयोग्य भएको छ। सोही कारण मन्त्रालयले अस्थायी रूपमा लैनचौरस्थित केशरमहलबाट सेवा प्रवाह थालेको छ।

सिंहदरबारको मुख्य प्रशासनिक संरचनामध्ये एक शिक्षा मन्त्रालयको भवनमा गत मंगलबार साँझ आगजनी हुँदा कार्यालय सञ्चालन गर्न सक्ने अवस्था थिएन।

मन्त्रालयले अत्यावश्यक सेवा निरन्तरता दिन तत्काल वैकल्पिक व्यवस्था स्वरूप केशरमहलको भवन प्रयोग गर्ने निर्णय गरेको हो।

यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज नयाँ मन्त्री वैज्ञानिक महावीर पुनले पदभार ग्रहण गर्ने तयारी छ।

प्रकाशित: ६ असोज २०८२ १२:३४ | Monday, September 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast