कांग्रेसले हात-हातमा संविधान लिएर दिवस मनाउने

हिमाल प्रेस १ असोज २०८२ १६:४८ | Wednesday, September 17, 2025
कांग्रेसले हात-हातमा संविधान लिएर दिवस मनाउने कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले हात-हातमा संविधान लिएर शुक्रबार संविधान दिवस मनाउने भएको छ। शुक्रबार असोज ३ गते हात-हातमा संविधान लिएर दिवस मनाउन पार्टीपंतिलाई सर्कुलर गरिएको हो।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संविधान रक्षाको जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय गरिएको जानकारी दिए। ‘७७ वटै जिल्लामा शान्तिपूर्ण तरिकाले हात-हातमा संविधान लिएर संविधान दिवस मनाउन सर्कुलर गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा बुधबार पत्रकारसँग उनले भने,‘अत्यन्त संयमतापूर्वक र दृढतापूर्वक संविधान रक्षाको जिम्मेवारीलाई शिरमा राखेर संविधान दिवस मनाउने निर्णय छ।’

उपसभापति खड्काले पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा भर्चुअल रूपमा केन्द्रीय कार्यसम्पादन, पदाधिकारी, प्रदेश र जिल्ला सभापति तथा जनसम्पर्क समितिहरूसँग पनि कुराकानी गरिएको पनि बताए।

प्रकाशित: १ असोज २०८२ १६:४८ | Wednesday, September 17, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast