७३० राउण्ड गोलीसहित ८ पक्राउ

हिमाल प्रेस २९ भदौ २०८२ १३:२०
16
SHARES
७३० राउण्ड गोलीसहित ८ पक्राउ

काठमाडौँ- बनेपा नगरपालिका-९ बाट ७ सय ३० राउण्ड गोली सहित ८ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीका अनुसार उक्त नगरपालिकाको सोही वडाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो पक्राउ परेका हुन्।

त्यसैगरी, तेमाल गाउँपालिका-२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका-१० का ३४ वर्षीय अछुत खड्कालाई काभ्रे जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले शनिबार राति पक्राउ गरेको हो।

प्रकाशित: २९ भदौ २०८२ १३:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast