‘अलपत्र’ विदेशी नागरिकलाई सुरक्षाकर्मीको सम्पर्कमा आउन सेनाको अनुरोध

हिमाल प्रेस २५ भदौ २०८२ ११:५७ | Wednesday, September 10, 2025
‘अलपत्र’ विदेशी नागरिकलाई सुरक्षाकर्मीको सम्पर्कमा आउन सेनाको अनुरोध

काठमाडौँ- विभिन्न उद्देश्यले नेपाल आएका विदेशी नागरिकहरूको उद्धार तथा सहायता गर्न नेपाली सेनाले विशेष अनुरोध गरेको छ।

नेपाली सेना, जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जारी गरेको विज्ञप्ति अनुसार उद्धारको पर्खाइमा रहेका सबै विदेशी नागरिकहरूलाई नजिकको सुरक्षा निकाय वा सुरक्षाकर्मीहरूसँग तुरुन्त सम्पर्क गर्न आग्रह गरिएको छ।

साथै, उनीहरूसँग सम्पर्कमा रहेका होटल, पर्यटन व्यवसायी तथा सम्बन्धित संघसंस्थाहरूलाई उद्धार तथा सहयोगका लागि आवश्यक समन्वय गर्न आग्रह गरिएको छ।

सेनाले हाल नेपालमा विद्यमान जटिल परिस्थितिका कारण संकटको समयमा मानवता र सहयोगभावको परिचय दिँदै विदेशी नागरिकहरूको सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: २५ भदौ २०८२ ११:५७ | Wednesday, September 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast