
काठमाडौँ- काठमाडौँ उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी दानबहादुर कार्कीलाई सरुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रधान कार्यालयस्थित मानवस्रोत विकास विभागमा कार्यरत कार्कीलाई उपत्यकामा पठाउने निर्णय गरेको एक जना उच्च प्रहरी अधिकृतले बताए ।
प्रहरी वरिष्ठ उपरीक्षक हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँको कमान्ड गरेका कार्कीले डीएसपी हुँदा प्रहरी वृत्त नयाँ बानेश्वरको कमान्ड गरेका थिए । टेक बहादुर तामाङ अनिवार्य अवकाशमा गएपछि उपत्यका प्रहरी कार्यालय नेतृत्व विहीन थियो । सोमबारको प्रदर्शनको सुरक्षा कमान्ड डीआईजी ओम रानाले गरेका थिए ।
प्रकाशित: २४ भदौ २०८२ १०:३९
प्रतिक्रिया