कैलालीको लम्कीमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी, ७० लाख बढीको जुत्ताचप्पल नष्ट

हिमाल प्रेस २१ भदौ २०८२ ९:०४
4
SHARES
कैलालीको लम्कीमा रहेको जुत्ताचप्पलको गोदाममा आगलागी, ७० लाख बढीको जुत्ताचप्पल नष्ट oplus_1024

कैलाली- कैलालीको लम्कीस्थित जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । आगलागीबाट ७० लाख बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

आज बिहान २:४० बजेको समयमा लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्स एक्कासि आगलागी भएको जनाइएको छ ।

आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बताए ।

लम्की निवासी कल्पना जैशीले सञ्चालन गर्दै आएको गोदाममा चप्पल र जुत्ता रहेका थिए । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

गोदाममा कोही बस्ने नभएकाले आगलागी कसरी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: २१ भदौ २०८२ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast