
काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबार सुरु हुँदैछ।
शनिबार विराटनगरमा सुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ। ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्याइने छ।
दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ। एनपीएलको ट्रफी शुक्रबार सार्वजनिक गरिएको हो।
प्रकाशित: २१ भदौ २०८२ ७:११
प्रतिक्रिया