पोखरीमा डुबेर एक जनाको मृत्यु

हिमाल प्रेस ११ भदौ २०८२ २०:५२ | Wednesday, August 27, 2025
पोखरीमा डुबेर एक जनाको मृत्यु

गोरखा-  सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर पालुङटार नगरपालिका-७ मा ५४ वर्षीय कालीबहादुर बरामको मृत्यु भएको छ।

खत्रीटार पिप्लेखोल्सीस्थित कटहरेपाटामा पोखरीमा डुबेर बरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ईन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

मंगलबार बराम अचानक चिप्लिएर उक्त पोखरीमा खसेकोमा इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको प्रहरीको टोलीले आज (बुधबार) मात्र शव फेला पारेको उपरीक्षक सुवेदीले बताए।

उक्त पोखरी सिँचाइ प्रयोजनका लागि बाँध लगाइ निर्माण गरिएको थियो। बरामको शव निकालेर घटनास्थलको प्रकृति मुचुल्का उठाइ शव परीक्षणका लागि प्रदेश अस्पताल गोरखामा राखिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ११ भदौ २०८२ २०:५२ | Wednesday, August 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast