शिक्षामा व्यापार गर्न पाउनुपर्छ भनेर निजी क्षेत्रका व्यापारीहरूले तमासा गरिरहेका छन् : पूर्वप्रधानमन्त्री भट्टराई

हिमाल प्रेस १० भदौ २०८२ ११:५४
186
SHARES
शिक्षामा व्यापार गर्न पाउनुपर्छ भनेर निजी क्षेत्रका व्यापारीहरूले तमासा गरिरहेका छन् : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले शिक्षालाई व्यवसायिक नाफाको साधन बनाउन नहुने बताएका छन्। उनले सबै नागरिकलाई समान पहुँच हुने गरी मौलिक अधिकारका रूपमा शिक्षा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

आज भट्टराईले भने,‘शिक्षा सबैको पहुँचमा पुग्नुपर्छ। संविधानमै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था छ। तर, अहिले शिक्षासम्बन्धी विधेयकको छलफलमा निजी क्षेत्रका व्यापारीहरूले व्यापार गर्न पाउनुपर्छ भनेर तमासा गरिरहेका छन्। अर्कोतिर शिक्षकहरू विद्यार्थीलाई कसरी पढाउनेभन्दा बढी आफ्नो सुविधा बढाउनेतर्फ केन्द्रित छन्। त्यसैले शिक्षा क्षेत्रमा आमूल सुधार आवश्यक छ।’

उनले शिक्षाको व्यापारिकरण रोक्नुपर्ने बताउँदै धनाढ्यहरूले परोपकारका लागि चन्दा दिनसक्ने बताए। ‘शिक्षाको व्यापारिकरण गर्नुहुँदैन। कुनै धनाढ्यले लगानी गर्न चाहन्छ भने परोपकारको निम्ति गरोस्। ठूला ठूला विश्वविद्यालय, स्कुलहरूलाई अर्बौं रुपैयाँ चन्दा दिएर चलाएको उदाहरण छन्। त्यसो गर्न उनीहरूले सक्छन्’, भट्टराईले भने।

यता, विद्यालय शिक्षा विधेयक, २०८० मा व्यवस्था गरिएका पूर्ण छात्रवृत्ति, गैरनाफामूलक संस्था, कम्पनी वा गुठीअन्तर्गत मात्र विद्यालय सञ्चालन गर्नुपर्ने प्रावधानलाई हटाउनुपर्ने माग गर्दै निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूको मुख्य माग भनेको शिक्षामा व्यवसायिक रूपमा संलग्न हुन पाउनुपर्ने हो। सरकारले नियमन गर्ने तयारी गरेपछि निजी क्षेत्र सडकमा उत्रिएको हो।

प्रकाशित: १० भदौ २०८२ ११:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast