एमाले सुनसरी अध्यक्षमा परशुराम यादव

हिमाल प्रेस ९ भदौ २०८२ १०:११ | Monday, August 25, 2025
एमाले सुनसरी अध्यक्षमा परशुराम यादव एमाले सुनसरीको बैठक। जुन बैठकले नै अध्यक्षमा परशुराम यादव(अगाडि दायाँतर्फ) लाई नियुक्त गरेको छ। तस्बिर : जीबी गजल

काठमाडौँ- नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अध्यक्षमा परशुराम यादव चयन भएका छन्। आइतबार सुनसरीको इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले यादवलाई अध्यक्ष चयन गरेको हो।

यादव यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारीमा थिए। जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित निलम खनालको २०८१ जेठ २४ गते निधन भएपछि यादवलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। अहिले उनलाई नै अध्यक्ष बनाइएको एमाले नेता जीबी गजलले जानकारी दिए।

प्रकाशित: ९ भदौ २०८२ १०:११ | Monday, August 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast