
काठमाडौँ- नेकपा एमाले सुनसरी जिल्ला कमिटीको अध्यक्षमा परशुराम यादव चयन भएका छन्। आइतबार सुनसरीको इनरुवामा बसेको जिल्ला कमिटीको बैठकले यादवलाई अध्यक्ष चयन गरेको हो।
यादव यसअघि कार्यबाहक अध्यक्षको जिम्मेवारीमा थिए। जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित निलम खनालको २०८१ जेठ २४ गते निधन भएपछि यादवलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको थियो। अहिले उनलाई नै अध्यक्ष बनाइएको एमाले नेता जीबी गजलले जानकारी दिए।
प्रकाशित: ९ भदौ २०८२ १०:११
प्रतिक्रिया