मुक्तिनाथ क्यापिटलले चार लाखभन्दा बढी संस्थापक सेयर बिक्री गर्दै

हिमाल प्रेस ५ भदौ २०८२ २०:२१ | Thursday, August 21, 2025
मुक्तिनाथ क्यापिटलले चार लाखभन्दा बढी संस्थापक सेयर बिक्री गर्दै

काठमाडौँ- मुक्तिनाथ क्यापिटल लिमिटेडले विभिन्न लघुवित्त संस्था र वाणिज्य बैंकका गरी ४ लाख ४४० कित्ता संस्थापक समुहका सेयर बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले शिलबन्दी बोलपत्रमार्फत सेयर बिक्री गर्ने घोषणा गरेको हो।

बिक्रीमा राखिएका सेयरमध्ये मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका १ लाख ७२ हजार ३७२ कित्ता (न्यूनतम मूल्य तीन सय, न्यूनतम आवेदन पाँच हजार कित्ता), स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडका ८४ हजार ६५ कित्ता (न्यूनतम मूल्य ३७५ रुपैयाँ, न्यूनतम आवेदन पाँच हजार कित्ता), कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका ७ हजार ९६८ कित्ता (न्यूनतम मूल्य ३३० रुपैयाँ, न्यूनतम आवेदन एक हजार कित्ता) र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका १ हजार ३१५ कित्ता (न्यूनतम मूल्य एक सय रुपैयाँ, न्यूनतम आवेदन १ हजार ३१५ कित्ता) रहेका छन्।

सेयर खरिदका लागि इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले शिलबन्दी फारमसहित एक सय रुपैयाँ दस्तुर तिरेर भदौ २४ गते अपराह्न ३ बजेभित्र नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा बुझाउनुपर्नेछ। प्राप्त बोलपत्र भदौ २५ गते बिहान ११ बजे कार्यालयमा खोलिने कम्पनीले जनाएको छ।

यस प्रक्रियामा साविकका संस्थापक सेयरधनीलाई प्राथमिकता दिइने र बाँकी सेयर उच्चतम मूल्य प्रस्ताव गर्ने योग्य बोलपत्रदातालाई बिक्री गरिने कम्पनीको भनाइ छ।

प्रकाशित: ५ भदौ २०८२ २०:२१ | Thursday, August 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast