कर्णालीमा आज बिदा

हिमाल प्रेस ४ भदौ २०८२ ६:३५ | Wednesday, August 20, 2025
कर्णालीमा आज बिदा

काठमाडौँ- कर्णाली प्रदेश सरकारले बुधबार (आज) प्रदेशभर सार्वजनिक बिदा दिएको छ। प्रदेश स्थापना तथा सहिद दिवसको अवसरमा भदौ ४ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

यसअघि २०८१ चैत १७ गते बसेको प्रदेश सरकार मन्त्रीपरिषद् बैठकले गरेको निर्णय अनुसार नै आज प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए।

दिवसको अवसरमा प्रदेश सरकारले आज बिहान प्रभातफेरि कार्यक्रम गर्नुको साथै बिहीबारसम्म विभिन्न कार्यक्रम गरेर स्थापना तथा सहिद दिवस उत्सवका रूपमा मनाउने तयारी रहेको गौतमले बताए ।

प्रकाशित: ४ भदौ २०८२ ६:३५ | Wednesday, August 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast