ब्राजिलको एक कारखानामा विस्फोट, ९ जनाको मृत्यु

हिमाल प्रेस २८ साउन २०८२ २१:०० | Wednesday, August 13, 2025
ब्राजिलको एक कारखानामा विस्फोट, ९ जनाको मृत्यु तस्बिरः क्यूएन्ए

रियो दि जेनेरियो (ब्राजिल) (रासस/एएफपी)- ब्राजिलका अधिकारीहरूले दक्षिणी ब्राजिलको एक विस्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा भएको विस्फोटमा ६ जना पुरुष र तीन जना महिलासहित ९ जनाको मृत्यु भएको जनाएका छन्।

अग्निनियन्त्रण विभागका प्रवक्ताले पराना राज्यको राजधानी कुरिटिबामा भएको विस्फोटको कारण लगभग १.५ किलोमिटर वरपर सम्मका भवनहरू क्षतिग्रस्त भएको बताए। ब्राजिलका अधिकारीहरूले अझै अनुसन्धान भइरहेकोले घटनाको कारण थाहा भइनसकेको बताएका छन्।

सार्वजनिक सुरक्षा राज्यमन्त्री कर्नल हडसन लियोन्सियो टेक्सेराले पत्रकारहरूलाई घटनाको क्रममा कारखानामा रहेका नौ जनामध्ये सबैको मृत्यु भएको बताएका छन्।

भग्नावशेषबाट सात जना घाइतेलाई उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाइएको छ।

प्रकाशित: २८ साउन २०८२ २१:०० | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast