एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना

हिमाल प्रेस २८ साउन २०८२ १६:५७ | Wednesday, August 13, 2025
एक वर्षमा काठमाडौँमा २७ सय आगलागीका घटना प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा दुई हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन्।

त्यसमध्ये सबैभन्दा बढी बिजुलीको पोल र ट्रान्सफर्मर तथा घर-कोठा र मिटरबक्समा विद्युत् ‘सट’, भएर आगलागी भएका छन्। एक वर्षको अवधिमा बिजुलीका पोल र ट्रान्सफर्मर आगलागीका एक हजार ८७६ र घरमा ४०७ वटा आगलागी भएको काठमाडौँ परिसरले जनाएको छ।

यस्तै, ग्यास चुहावट भएर ४५, वन जंगलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

आगलागीको जानकारी पाउनासाथ तत्काल अन्य निकायसँग समन्वय गरेर प्रतिकार्यमा प्रहरी जनशक्ति खटिइएको उनको भनाइ छ।

प्रकाशित: २८ साउन २०८२ १६:५७ | Wednesday, August 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast