राहुल गान्धी प्रहरी हिरासतमा

हिमाल प्रेस २६ साउन २०८२ १४:४८ | Monday, August 11, 2025
राहुल गान्धी प्रहरी हिरासतमा राहुल गान्धी। फाइल तस्बिर

काठमाडौँ- नयाँदिल्ली प्रहरीले भारतीय विपक्षी सांसदहरूलाई हिरासतमा लिएको छ। संसद् भवनबाट निर्वाचन आयोगको कार्यालयतर्फ जाँदै गर्दा लोकसभाका प्रतिपक्षी नेता राहुल गान्धीसहित विपक्षी सांसदहरूलाई प्रहरीले हिरासतमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिरासतमा लिएपछि गान्धीले भने, ‘हामी साँच्चै कुरा गर्न सक्दैनौँ, सत्य यो हो कि यो संघर्ष राजनीतिक होइन। यो संविधान बचाउने संघर्ष हो। एक व्यक्ति–एक मतको संघर्ष हो। त्यसैले हामीलाई स्पष्ट मतदाता सूची चाहिन्छ।’

विरोध जुलुसमा राहुल गान्धी, प्रियंका गान्धी, डिम्पल यादव, महुआ माजी, सञ्जय राउत, रणदीप सुरजेवाला र केसी वेणुगोपाललगायतका विपक्षी सांसदहरू सहभागी थिए।

बिहारको मतदाता सूचीबाट हटाइएका ६५ लाख मतदाताको छुट्टै सूची नदिएर निर्वाचन आयोगले ‘मतदाता ठगी’ लुकाउने प्रयास गरिरहेको आरोप विपक्षी सांसदहरूको छ।

प्रकाशित: २६ साउन २०८२ १४:४८ | Monday, August 11, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast