टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया जाने नेपाली क्रिकेट टोलीको बिदाइ

हिमाल प्रेस २५ साउन २०८२ १९:४२ | Sunday, August 10, 2025
टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया जाने नेपाली क्रिकेट टोलीको बिदाइ

काठमाडौँ- टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आइतबार काठमाडौँमा एक कार्यक्रम गर्दै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो।

राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए। त्यस्तै कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ।

उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ। ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन्।

अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अस्ट्रेलिया भ्रमण गर्न लागेको हो। अस्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ। टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अस्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ।

प्रकाशित: २५ साउन २०८२ १९:४२ | Sunday, August 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast