शिक्षा मन्त्रालयद्वारा विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको कार्यक्रम कार्यान्वयन कार्यविधि जारी

हिमाल प्रेस १२ साउन २०८२ १५:३५ | Monday, July 28, 2025
शिक्षा मन्त्रालयद्वारा विद्यालय शिक्षादेखि उच्च शिक्षासम्मको कार्यक्रम कार्यान्वयन कार्यविधि जारी

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ६५ को उपदफा (४) बमोजिम आ.व. २०८२/८३ का लागि संघीय तहमा लागू हुने विभिन्न कार्यक्रमहरूको कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ। यो कार्यविधि मन्त्रालयको मिति २०८२ साउन ६ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत अनुमोदन गरिएको हो।

स्वीकृत कार्यविधिमा मन्त्रालयअन्तर्गत रहेका २१ निकाय तथा कार्यक्रमहरू समावेश छन्। तीमध्ये शिक्षा तथा मानव स्रोत विकास केन्द्र, पाठ्यक्रम विकास केन्द्र, शैक्षिक गुणस्तर परीक्षण केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोग, विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, चिकित्सा शिक्षा आयोग लगायतका संघीय निकायले कार्यान्वयन गर्ने कार्यक्रमहरू प्रमुख छन्।

कार्यविधिमा ‘विद्यालय शिक्षा क्षेत्र योजना’, ‘सबैका लागि शिक्षा कार्यक्रम’, ‘शिशु विकास कार्यक्रम’, ‘राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम’, ‘शिक्षक सेवा निवृत्त सुविधा’, ‘उच्च शिक्षाको उत्कृष्टता प्रवर्धन कार्यक्रम’ तथा ‘पुस्तकालयहरू तथा विज्ञान सङ्ग्रहालय प्रवर्द्धन’ जस्ता योजना समावेश गरिएको छ।

यस कार्यविधिमार्फत शिक्षा मन्त्रालयले विभिन्न निकायका जिम्मेवारी स्पष्ट पार्दै कार्यक्रमहरू पारदर्शी, प्रभावकारी र समन्वयात्मक ढंगले कार्यान्वयन गर्नका लागि मार्गनिर्देशन दिएको छ। शिक्षा क्षेत्रको स्तरीयता सुधार, पहुँच विस्तार, शैक्षिक स्रोत व्यवस्थापन र गुणस्तरीय सिकाइ प्रवाहका लागि नीति–कार्यन्वयनको आधार तयार गरिएको मन्त्रालयले जनाएको छ।

शिक्षा क्षेत्रको सुधारका लागि संघीय तहमा पहिलोपटक यति विस्तृत र संयोजित ढाँचामा कार्यक्रमहरू प्रस्तुत गरिएको हो। मन्त्रालयका अनुसार कार्यान्वयन, अनुगमन र मूल्यांकन प्रक्रियामा एकरूपता ल्याउने उद्देश्यले यो कार्यविधि जारी गरिएको हो।

कार्यक्रम कार्यान्वयन कार्यविधि

प्रकाशित: १२ साउन २०८२ १५:३५ | Monday, July 28, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast