जब हत्यापछि दानसिंहले प्रहरीलाई फोनमा भने : श्रीमतीको हत्या गरेँ, पक्राउ गर्न आउनू

रमा केसी ११ साउन २०८२ ८:४० | Sunday, July 27, 2025
जब हत्यापछि दानसिंहले प्रहरीलाई फोनमा भने : श्रीमतीको हत्या गरेँ, पक्राउ गर्न आउनू

सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा श्रीमान्‌ले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन्। वीरेन्द्रनगर नगरपालिका-१३ करेखोलामा बस्दै आएका दानसिंह ठाडाले श्रीमतीको हत्या गरेका हुन्।

४२ वर्षीय ठाडाले ४१ वर्षीय रविना थापाको हत्या गरेका हुन्। उनले आइतबार बिहान १ बजेतिर श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

हत्या लगत्तै उनले घरको ठेगानासहित प्रहरीलाई फोन गरेर पक्राउ गर्न बोलाएका थिए । खबर पाउनासाथ घटनास्थल पुगेको प्रहरीले उनलाई नियन्त्रणमा लिइसकेको छ।

उनले चिर्पटले हानेर श्रीमतीको हत्या गरेको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढाथापाले बताए।

प्रकाशित: ११ साउन २०८२ ८:४० | Sunday, July 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast