एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

हिमाल प्रेस ६ साउन २०८२ ७:२० | Tuesday, July 22, 2025
एमाले केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्ने छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको बैठक आज समापन गर्ने तयारी छ ।

बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन् । बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीनतीन मिनेट बोल्ने समय दिइएको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशको विषयलाई केन्द्रीय सदस्यहरूले प्राथमिकता दिँदै यही बैठकबाट निर्णय लिन पार्टी नेतृत्वलाई दबाब दिएका छन्।

पार्टी अधिकांश केन्द्रीय सदस्यहरूले सचिवालय र पोलिटब्युरो बैठकका प्रस्तावहरूमा सहमति जनाएका छन् ।

प्रकाशित: ६ साउन २०८२ ७:२० | Tuesday, July 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast