विधान महाधिवेशनको ‘ढोका खोल्न’ आज बस्दैछ एमालेको सचिवालय बैठक

हिमाल प्रेस १ साउन २०८२ ६:४२
2
SHARE
विधान महाधिवेशनको ‘ढोका खोल्न’ आज बस्दैछ एमालेको सचिवालय बैठक एमालेको सचिवालय बैठक। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको एमाले स्रोतले जनाएको छ।

एमाले स्रोतका अनुसार साउन २ गते बस्ने पोलिटब्युरो र ५ गते बस्ने केन्द्रीय कमिटी बैठकको तयारी र एजेन्डा तय गर्न सचिवालय बैठक बोलाइएको हो । एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसेको छ।

महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधन प्रस्ताव पेस हुनेछन् । जसअन्तर्गत राजनीतिक प्रतिवेदन प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली, सांगठनिक प्रतिवेदन महासचिव शंकर पोखरेल र विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने तयारी छ।

प्रकाशित: १ साउन २०८२ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast