
काठमाडौँ- बाफलस्थित ज्ञानोदय मावि एसईई नतिजाका आधारमा काठमाडौँ महानगरपालिकाभित्र सर्वोत्कृष्ट भएको छ। उक्त विद्यालय विद्यार्थी संख्याका आधारमा सर्वोत्कृष्ट भएको प्रधानाध्यापक विष्णु घिमिरे रिमालले जानकारी दिइन्।
२०८१ को एसईईमा विद्यालयबाट ४२५ परीक्षार्थी सहभागी थिए। नतिजाअनुसार ६ जनाले ४ जीपीए ल्याएका छन्। यसैगरी २३१ जनाले ए प्लस र १२५ जनाले ए ग्रेड ल्याएको रिमालले बताइन्। उनका अनुसार ३२ जनाले बी प्लस ल्याएका छन् भने ३० जना अनुत्तीर्ण भएका छन्।
रिमालले महानगरपालिकाभित्र विद्यार्थीको संख्याका आधारमा सर्वोत्कृष्ट हुनु गौरवको कुरा भएको बताइन्। उनले लगनशील शिक्षक र परिश्रमी विद्यार्थीका कारण एसईईमा नतिजा राम्रो ल्याउन सकिएको पनि बताइन्।
विद्यालयका शिक्षक प्रकाश काफ्लेका अनुसार महानगरपालिका परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण गराउने विद्यालय पनि छन्। उनले भने,’एसईईमा यति धेरै विद्यार्थी सहभागी गराएर राम्रो नतिजा ल्याउने हामी नै हौँ।’ विद्यालयले उत्कृष्ट नतिजा ल्याउने सबै विद्यार्थीलाई सम्मान गरेको छ।