उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

हिमाल प्रेस १८ असार २०८२ २०:४२
38
SHARES
उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बुधबार बस्ने भएको छ। रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनका विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको हो।

सचिवालय बैठक केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, उपनिर्वाचनलगायतका विषयमा छलफल हुनेछ।

रूपन्देही ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गतेका लागि तोकिएको छ।

प्रकाशित: १८ असार २०८२ २०:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast