शिक्षा समिति बैठकमा कड्किन सांसद घर्ती, भनिन्- ईसीडीमा पुरुष राखेर हेरौँ त कति टिक्छ?

हिमाल प्रेस १५ असार २०८२ १२:५५ | Sunday, June 29, 2025
शिक्षा समिति बैठकमा कड्किन सांसद घर्ती, भनिन्- ईसीडीमा पुरुष राखेर हेरौँ त कति टिक्छ?

काठमाडौँ- प्रारम्भिक बाल विकास केन्द्र (ईसीडी) मा कार्यरत सहजकर्तालाई शिक्षकको रूपमा नमानिने सरकारी नीतिप्रति सत्तारूढ नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार बसेको बैठकमा सांसद घर्तीले सहजकर्तालाई शिक्षक नै भन्नुपर्ने बताइन्।

बैठकमा उनले भनिन्,‘बालबालिकालाई आमाको रूपमा स्याहार गरेका छन्, अक्षर सिकाएका छन् तर उनीहरूलाई शिक्षक नै नभन्ने? प्रारम्भिक बालविकासमा पुरुष राखेर हेरौँ त, कति टिक्छ?’

सांसद घर्तीले प्रारम्भिक शिक्षा क्षेत्रमा राज्यले बेवास्ता गरिरहेको बताइन्। ‘कार्यकर्ताको नाममा काम मात्र लगाउने तर शिक्षकको पहिचान नदिने? राज्यलाई खर्च पर्छ भनेर बालबालिकाको भविष्यसँग खेलवाड गर्न मिल्दैन,’ उनले भनिन्।

बैठकमा उनले बालशिक्षामा कन्जुस्याइँ गर्न नहुने बताइन्। ‘यो कार्यक्रम होइन, तह हो। अब स्पष्ट मान्यता दिनुपर्छ,’ उनले थपिन्,‘एक व्यक्तिले कति जना बालबालिका हेर्ने भन्ने मापदण्ड पनि आवश्यक छ।’

आइतबारको बैठकमा एमालेकी विद्या भट्टराई, दिपा शर्मा र कांग्रेस सांसद डिगबहादुर लिम्बुलगायतले पनि ईसीइडी कार्यकर्तालाई शिक्षकको रूपमा मान्यता दिनुपर्ने माग गरे।

प्रकाशित: १५ असार २०८२ १२:५५ | Sunday, June 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast