कांग्रेस एकढिक्का भए बहुमत आउँछ : देउवा

हिमाल प्रेस १३ असार २०८२ १५:११
18
SHARES
कांग्रेस एकढिक्का भए बहुमत आउँछ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकढिक्का भए आगामी निर्वाचनमा कांग्रेसको बहुमत आउन सक्ने बताएका छन्।

शुक्रबार चितवनको नारायणगढमा प्रजातन्त्रिक आन्दोलनकी योद्दा गौरीदेवी प्रधानको शोक सभामा बोल्दै देउवाले मुलुकको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको एकल बहुमत आउन गाह्रो रहेको भन्दै पार्टी एकढिक्का भए आगामी निर्वाचनमा बहुमत आउन सक्ने बताएका हुन्।

कुनै पनि पार्टीको एकल बहुमत नआएकै कारण अन्य दलसँग मिल्नुपर्ने बाध्यता रहेको उनले बताए। सभापति देउवाले अहिलेको संविधान समावेशी समानुपातिक रहेकाले यसलाई थप बलियो बनाउनुपर्ने धारणा राखे। उनले प्रजातन्त्रिक आन्दोलनकी योद्दा गौरीदेवी प्रधानले देखाएको बाटोमा पार्टीलाई अघि बढाउने प्रतिवद्धता जनाए।

नेपाली कांग्रेस चितवनले आयोजना गरेको शोकसभामा कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपालमा प्रजातन्त्र पुनर्बहालीका लागि भएको आन्दोलनमा गौरीदेवी प्रधानले गरेको योगदानको स्मरण गरेका थिए।

प्रकाशित: १३ असार २०८२ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast