वासिंटनमा विमान दुर्घटना, ४ जनाको मृत्यु

हिमाल प्रेस ५ मंसिर २०७९ ६:१० | Monday, November 21, 2022
वासिंटनमा विमान दुर्घटना, ४ जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ–  अमेरिकी राज्य वासिङ्टनको स्नोहोमिश काउन्टीस्थित हार्भे फिल्ड एयरपोर्टको नजिक दुर्घटना हुँदा शुक्रबार चार जनाको मृत्यु भएको छ। सेस्ना २०८ बी विमान रेन्टनबाट उडेको करिब एक घण्टापछि दुर्घटना भएको हो ।
शनिबार बिहान स्नोहोमिश काउन्टी शेरिफको कार्यालयले विमानमा सवार सबै चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

स्नोहोमिश काउन्टी मेडिकल परीक्षकले पीडितहरूको पहिचान गरिरहेको छ । साथै यस दुर्घटनाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड र संघीय उड्डयन प्रशासन द्वारा अनुसन्धान जारी छ। फेडरल एभिएसन एडमिनिस्ट्रेशन वेबसाइटका अनुसार आइडेन्टिफायर टेल नम्बर एन २०६९ बी भएको दुर्घटनाग्रस्त विमान अलास्काको कपर माउन्टेन एभिएसनको स्वामित्वमा रहेको बताइएको छ ।

प्रकाशित: ५ मंसिर २०७९ ६:१० | Monday, November 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast