एमालेलाई लाग्यो महाधिवेशन, विधान महाधिवेशनका लागि बोलायो केन्द्रीय कमिटी बैठक

हिमाल प्रेस १२ असार २०८२ ६:५०
26
SHARES
एमालेलाई लाग्यो महाधिवेशन, विधान महाधिवेशनका लागि बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा एमालेले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी साउन ५ गते बस्ने गरी केन्द्रीय समिति बैठक बोलाएको हो।

बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० गते ललितपुरस्थित सनराइज हलमा बस्ने निर्णय पनि गरेको छ । त्यसैगरी विधान महाधिवेशनमा तीन वटा दस्ताबेज पेस गर्ने एमालेले निर्णय गरेको छ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले स‌गठनात्मक प्रस्ताव तयार गर्नेछन्।

ती प्रस्तावहरू विधान महाधिवेशनमा प्रस्तुत हुनेछन्। विधान महाधिवेशनको बाँकी काम केन्द्रीय कार्यालयले गर्नेछ। साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकअघि साउन २ गते पोलिटब्युरो बैठक बस्नेछ । केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोधन प्रस्ताव सुझावका लागि तल्ला कमिटीमा लैजानेछ ।

प्रकाशित: १२ असार २०८२ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast