‘विद्यालय बलियो बाल विकासले’ नारासहित नगरपालिकाको प्राथमिकता ईसीडी

हिमाल प्रेस ११ असार २०८२ ११:२८ | Wednesday, June 25, 2025
‘विद्यालय बलियो बाल विकासले’ नारासहित नगरपालिकाको प्राथमिकता ईसीडी

वीरेन्द्रनगर- वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमअन्तर्गत शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै नगरलाई कर्णाली प्रदेशकै शैक्षिक केन्द्र बनाउने उद्देश्यसहितको रणनीति मंगलबार सार्वजनिक गरेको छ।

नगरपालिकाले तयार पारेको १० वर्षे शैक्षिक रणनीति तथा मध्यपश्चिम विश्वविद्यालयसँगको सहकार्यमा आधारित विविध कार्यक्रमलाई यो आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजाने घोषणा गरिएको छ। नगर प्रमुखको नेतृत्वमा आयोजित कार्यक्रममा सामुदायिक विद्यालय सुधार, शिक्षक–विद्यार्थी क्षमतावृद्धि, भौतिक पूर्वाधार विस्तारदेखि डिजिटल शिक्षासम्मका योजनाहरू समेटिएका छन्।

१. शैक्षिक नीति तथा सहकार्य

वीरेन्द्रनगरलाई शैक्षिक हव बनाउने १० वर्षे रणनीतिको आधारमा योजना कार्यान्वयन।

मध्यपश्चिम विश्वविद्यालयसँग शैक्षिक सुधार र अनुसन्धानमा सहकार्य विस्तार।

छात्रछात्राको उच्च शिक्षामा सहयोग गर्न ‘उच्च शिक्षा शैक्षिक छात्रवृत्ति कोष’ स्थापना।

२. अध्ययन अवलोकन र साझेदारी कार्यक्रम

नगर र विश्वविद्यालयका पदाधिकारीको संयुक्त अध्ययन अवलोकन भ्रमण।

अध्ययनले ल्याउने सिकाइलाई नीति निर्माण र कार्यान्वयनमा प्रयोग।

३. समावेशी र पहुँचयुक्त शिक्षा

‘म बनाउँछु, मेरो नगर शिक्षा विकास कोष’ को प्रभावकारी सञ्चालन।

विद्यालय बाहिर रहेका लक्षित बालबालिकालाई विद्यालयमा ल्याउने विशेष अभियान।

सामुदायिक सिकाइ केन्द्रमार्फत प्रौढ साक्षरता कार्यक्रम सञ्चालन।

४. शिक्षक व्यवस्थापन र सुधार

दरबन्दी मिलान, शिक्षक पुनःवितरण र समायोजन।

मोबाइल शिक्षक, सुत्केरी शिक्षक सट्टा व्यवस्थापन।

शिक्षक मेन्टरिङ तथा पेसागत विकास कार्यक्रम सञ्चालन।

५. पाठ्यक्रम र पाठ्यपुस्तक सुधार

‘हामी र हाम्रो वीरेन्द्रनगर’ नामक स्थानीय पाठ्यक्रम कक्षा ८ सम्म लागू।

सामुदायिक विद्यालयलाई डिजिटल बनाउने कार्यक्रम तीव्र बनाइने।

६. बाल विकास र अतिरिक्त कार्यक्रम

प्रारम्भिक बाल विकास कक्षाको सुदृढीकरण।

विद्यालयमा एनसीसी, स्काउट, रेडक्रस, योग, खेलकूद, करियर गाइडेन्सलगायत गतिविधि अनिवार्य रूपमा सञ्चालन।

७. आधारभूत सेवा र भौतिक पूर्वाधार

निशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्ति तथा सेनेटरी प्याड वितरण।

शिक्षा पहुँच सुनिश्चित गर्न सामुदायिक विद्यालयको सेवा क्षेत्र अध्ययन।

नगर प्रमुख शैक्षिक पूर्वाधार विकास कार्यक्रम सञ्चालन।

८. STEM शिक्षा र विज्ञान प्रवर्द्धन

माध्यमिक विद्यालयमा विज्ञान, गणित, सूचना प्रविधि र संगीत प्रयोगशालाको निर्माण।

स्टेम शिक्षा प्रवर्द्धनलाई उच्च प्राथमिकता।

९. आवासीय विद्यालय र विद्यार्थी हित

अतिविपन्न, अभिभावकविहीन बालबालिकाका लागि आवासीय विद्यालय स्थापना।

विद्यार्थी चाप भएका र शून्य दरबन्दी भएका विद्यालयमा स्वयंसेवक शिक्षक अनुदान।

१०. परीक्षा प्रणाली र थिङ्क ट्याङ्क

आधारभूत शिक्षा परीक्षा (कक्षा ८) लाई व्यवस्थित र प्रतिस्पर्धी बनाउने।

शैक्षिक परामर्शका लागि विषय विशेषज्ञहरूको ‘वीरेन्द्रनगर थिङ्क ट्याङ्क’ स्थापना।

प्रकाशित: ११ असार २०८२ ११:२८ | Wednesday, June 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast