‘बक्यौता नउठाउने अनि विद्युत् प्राधिकरण धराशायी हुँदैछ भन्नु गलत हो’

हिमाल प्रेस ३० जेठ २०८२ १८:०१ | Friday, June 13, 2025
‘बक्यौता नउठाउने अनि विद्युत् प्राधिकरण धराशायी हुँदैछ भन्नु गलत हो’

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिला गर्न नहुने बताएका छन्।

शुक्रबार काठमाडौँमा नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशन उद्घाटन गर्दै कोइरालाले विद्युत् प्राधिकरणको बक्यौता छिटो भन्दा छिटो उठाउनुपर्ने बताएका हुन्। बक्यौता उठाएन भने प्राधिकरण र देशको अवस्था नाजुक हुने उनले बताए।

उठाउनुपर्ने पैसा चाहिँ नउठाउने अनि प्राधिकरण धराशायी हुँदैछ भन्ने कुरा गलत भएको उनको भनाइ छ। प्राधिकरणले व्यावसायिक घरानाबाट कम्तीमा पनि २३ अर्ब उठाउनुपर्ने देखिएको उनले बताए।

कोइरालाले भिजिट भिसामा विदेश जाने नागरिकसँग अद्यागमनमा पैसा माग्नुपर्ने कुनै कारण नभएको उल्लेख गरे। देशभित्र रोजगारीका अवसर सिर्जना गर्न नसकेको अवस्थामा खुलमखुला भिजिट भिसामा जान दिनुपर्ने कोइरालाले बताए।

प्रकाशित: ३० जेठ २०८२ १८:०१ | Friday, June 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast