नेपाली कांग्रेसभित्र निरंकुशता सुरू भएको छ : शेखर कोइराला

हिमाल प्रेस ३१ जेठ २०८३ १९:४१ | Sunday, June 14, 2026
30
SHARES
नेपाली कांग्रेसभित्र निरंकुशता सुरू भएको छ : शेखर कोइराला नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यको लागि स्थापना भएको कांग्रेस पार्टीभित्र निरंकुशता सुरु भएको बताएका छन्।

विटारनगरमा आइतबार आयोजित कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कोइरालाले लोकतन्त्र इतिहासकै कमजोर अवस्थामा पुगेको भन्दै २०३३ सालमा बीपीले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता आजको दिनमा झनै बढेर गएको बताए। नेपाली कांग्रेस अब बीपी कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापकै नीतिबाट अगाडि बढ्नुको विकल्प नभएको कोइरालाको भनाइ थियो।

कोइरालाले भने, ‘नेपालको राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र प्रजातन्त्रलाई मजबुत बनाउन नेपालका सबै शक्तिका बीचमा सहकार्य र एकता जरुरी छ।’

कोइरालाले गगन थापासँग कुराकानी गर्दा आफूले राखेका पाँचवटा कुरा स्विकारेको बताउँदै उनले भने, ‘सहमति गर्न अहिले के कुराले रोक्यो?’

गगन थापाले कोइराला निवासमा पुगेर पार्टीका साथीहरूलाई कारबाहीको धम्की दिएपछि बाध्य भएर आफूले राखेका ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको बताए।

सहमतिविना कांग्रेस पार्टी एक कदम अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘गिरिजाप्रसाद कोइरालाले भन्ने गर्नुभएको सहमति, सहकार्य र एकताबाटै हामी हिँड्नुपर्छ, त्यसका लागि सहमति, सहकार्य र एकता आफ्नै पार्टीभित्रबाट शुरु गर्नुपर्छ।’

कोइरालाले आफूले कुनैपनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रकाशित: ३१ जेठ २०८३ १९:४१ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast