 
                             
                                            काठमाडौँ- राजसंस्था पुनःस्थापना माग गर्दै जारी आन्दोलनको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल) का अध्यक्ष कमल थापालाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ।
आज आन्दोलनको चौथो दिन बालुवाटारतर्फ जुलुस लिएर अगाडि बढिरहेका बेला प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो।
राजावादीहरूले केही दिनदेखि काठमाडौँमा अनिश्चितकालीन आन्दोलन गर्दै आएका छन्। आन्दोलनका क्रममा नाराबाजीसहित जुलुस निकाल्दै प्रधानमन्त्री निवास नजिक पुग्ने उद्देश्यसहित बालुवाटारतर्फ अघि बढ्दा प्रहरीले अध्यक्ष थापालाई नियन्त्रणमा लिएको हो।
राजसंस्थाको पक्षमा आवाज उठाउँदै आएका थापा पछिल्लो समय सडक आन्दोलनमा सहभागी हुँदै आएका छन्। राप्रपाले राजतन्त्रको बहाली, हिन्दुराष्ट्र पुनःस्थापनालगायतका मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको छ।
                            प्रकाशित: १८ जेठ  २०८२ १५:१२ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 