राष्ट्रियतामाथि संकट बढ्यो, राजावादीहरू सल्बलाउन थाले : झलनाथ खनाल

हिमाल प्रेस १५ जेठ २०८२ ९:५८ | Thursday, May 29, 2025
राष्ट्रियतामाथि संकट बढ्यो, राजावादीहरू सल्बलाउन थाले : झलनाथ खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा गतिहिन, दिशाहिन बन्दै पराधिनतातर्फ बढेको बताएका छन्। उनले गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै पुँजीवादी जनवादले ल्याउने संकटले देशमा राजावादीहरू सल्बलाएको दाबी गरेका छन्।

उनले देशमा बढ्दो बेरोजगारी र शैक्षिक दिशाहिनताले होनाहार श्रमजीबी युवा बाहिरिनु परेको गुनासो गरेका छन्।

उनले भनेका छन् ‘२०६२/०६३ मा नेपाली जनताले गरेको शान्तिपूर्ण जनक्रान्तिले सदियौँदेखिको सामन्ती, निंरकुश तथा एकात्मक राजतन्त्रात्मक प्रणालीको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यो नेपालको राजनीतिक इतिहासमा युगान्तकारी परिवर्तन हो । जनक्रान्तिकै बलबाट हामीले मौलिक अधिकार, समावेशी लोकतन्त्र, सामाजिक सुरक्षाको प्रबन्ध, समाजवाद उन्मुख अर्थतन्त्रको अवधारणा जस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेका छौँ ।’

पूर्वप्रधानमन्त्री खनालले ऐतिहासिक अवसरमा गणतन्त्र प्राप्तिका आन्दोलनमा आफ्नो जीवन बलिदान गरेको सम्पूर्ण महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत व्यक्त गरेका छन् । समाजवादले मात्र शोषण, उत्पीडन, भ्रष्टाचार र बेरोजगारीलाई समाधान गर्न सक्ने उनको भनाइ छ ।

प्रकाशित: १५ जेठ २०८२ ९:५८ | Thursday, May 29, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast