युवा संघको १० औँ महाधिवेशनमा क्षितिज थेवे निर्वाचित

हिमाल प्रेस १३ जेठ २०८२ २०:२२ | Tuesday, May 27, 2025
युवा संघको १० औँ महाधिवेशनमा क्षितिज थेवे निर्वाचित

पोखरा- राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेवे दोहोरिएका छन्। उनले अध्यक्षका प्रत्यासी सुमन परीलाई १८८ मतअन्तरले पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित हुन सफल भएका हुन्।

पोखरामा ५ दिनदेखि जारी १० औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानको अन्तिम परिणाममा थेवे ७९६ मत प्राप्त गरे। पुरीको पक्षमा ६०८ मत परेको छ।

महाधिवेशनस्थल पोखरा सभागृहमा बिहान १० देखि दिउँसो ४ बजेसम्म भएको मतदानमा कुल मतदाता १७६४ मध्ये १४०४ मत खसेको निर्वाचन अधिकृत ईश्वरी पौडेलले जानकारी दिइन्।

१५१ सदस्यीय कमिटीमा सर्वसम्मत् नेतृत्वको प्रयास विफल भएपछि थेवे र पुरी प्यानल बनाएरै चुनावमा होमिएका थिए। रुपन्देहीका पुरी यसअघि उपाध्यक्ष एवं महासचिव थिए।

प्रारम्भिक नतिजा अनुसार पदाधिकारीमा पनि थेपे प्यानलकै वर्चश्व रहेको छ। अन्तिम मतपरिणाम निर्वाचन कार्यालयले भने सार्वजनिक गरिसकेको छैन ।

प्रकाशित: १३ जेठ २०८२ २०:२२ | Tuesday, May 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast